आन्दोलनरत शिक्षकहरूले सडकमै शोक मनाएका छन्। आन्दोलनमा सहभागी भएर घर फर्किने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका मनाङ नार्फु गाउँपालिका- ८ को जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको ज्यान गएको थियो।
आइतबार तनहुँको भानु नगरपालिका-१०, नेपालटारमा भएको स्कुटर र जिप दुर्घटनामा घलेको ज्यान गएको हो।
उनकै निधनमा दु:ख व्यक्त गर्दै शिक्षकहरूले आज मौन प्रदर्शन गरेर शोक मनाएको नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन्।
आज आन्दोलनको २०औं दिनमा शिक्षकहरूले काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वरसम्म मौन प्रदर्शन गरेका थिए। त्यसपछि बानेश्वरमा आयोजित कोणसभामा शोक मौनधारणसहित शोक मनाएका थिए।
आजको आन्दोलनमा नाचगान तथा नाराबाजी केही नगर्ने महासंघले जनाएको छ। शिक्षक ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू सडक आन्दोलनमा छन्।
Shares

प्रतिक्रिया