कर्णाली


अत्यधिक वर्षा हुँदा हुम्लाको श्रीनगर बजारमा बाढी पस्यो, टहरासहितका पसलमा क्षति

अत्यधिक वर्षा हुँदा हुम्लाको श्रीनगर बजारमा बाढी पस्यो, टहरासहितका पसलमा क्षति

दिनेश बुढा
बैशाख ४, २०८२ बिहिबार ११:१५, सुर्खेत

रातीदेखि भएको अत्यधिक वर्षका कारण हुम्लाको अदानचुली गाउँपालिकास्थित श्रीनगर बजार क्षेत्रमा बाढी पसेको छ। बिहीबार बिहान बाढी पस्दा श्रीनगर बजारसहित आसपासमा ठूलो क्षति पुर्‍याएको हो। 

बजार क्षेत्रमा बाढी पस्दा व्यवसायका लागि बनाइएका अस्थाइ टहरासहितका ११ घर र १ पसलमा राखिएका सामान र बाख्रासहितको खोर बगाएको छ। 

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार वर्षासँगै आएको बाढीसहितको लेदोले अदानचुली गाउँपालिका–२ का अमृत बुढा, अदानचुली गाउँपालिका–१ का बुद्धि महतारा लगायत व्यवसायीका पसलमा क्षती पुर्‍याएको छ। 

बुढा र महाताराका घरहरु सँगै रहेका अन्य घर तथा टहरामा बाढी पसेर क्षति गरेको छ। 

प्रहरीका अनुसार वर्षाका कारण हुम्ला क्षेत्रका सडकहरु अवरुद्ध भएका छन्। बाढीले गरेको क्षतिको विवरण संकलन भइरहेको जनाएको छ।

साथै बाढीले हुम्लाको डोप्का जीउलो लगायतका खेतबारीमा लगाइएको पाक्नै लागेको बाली पुरिदिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad