नेकपा माओवादी केन्द्र विराटनगर समितिले आगामी वैशाख ७ गते नगर सम्मेलन गर्ने भएको छ।
विराटनगर महानगर समितिले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नगर सम्मेलन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने जनाएको छ।
भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने अभियान अभियान अन्तर्गत यो सम्मेलनलाई लिएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डलले जानकारी दिए।
विराटनगर आयल निगम दक्षिणमा रहेको शुभ ब्यान्केटमा हुने नगर सम्मेलनमा ३५६ जना प्रतिनिधि, ३५ जना पर्यवेक्षक, २५ जना स्वयंसेवक रहने नगर समितिका अध्यक्ष नवीन पौडेलले जानकारी दिए।
375
Shares

प्रतिक्रिया