नेकपा एमालेका महासचिव शंकर पोखरेलले गतन्त्रणसँग रातन्त्रको तुलनानै नहुने बताएका छन्। मंगलबार एमाले सुर्खेतको आयोजनामा भएको बृहत जागरणसभा बोल्दै पोखरेलले गणतन्त्र आएपछि मात्रै देशमा विकास भएको बताए।
उनले सयौँ वर्षसम्म राजतन्त्रको समयमा जम्मा ८ हजार किलोमिटर सडक मात्रै भएको दाबी गरे।
उनले भने, ‘सयौँ वर्ष देशमा राजतन्त्र थियो। त्यो सयमा ८ हजार किलोमिटर बनेको थियो। तर, गणतन्त्र आएपछि देशमा केन्द्र सरकारले मात्रै ४३ हजार किलोमिटर सडक निर्माण गरेको छ। यस्तै, स्थानीय सरकार र प्रदेश सरकार गरी हाल १ लाख १० हजार किलोमिटर बनेको छ। यो सबै जनताले ल्याएको गणतन्त्रको उपज हो।’
साथै उनले यो देश बर्बाद राजावादीहरुले बनाएको आरोप लगाए।
उनले भने, ‘मण्डलेहरु गणतन्त्रले के दियो भन्छन्रु गणतन्त्र आएपछि राजतन्त्रले बर्बाद बनाएको देश उठाउँनै लाग्यो। हाम्रो चाहना देशलाई धेरै अगाडीको बढाउन हो।’
यस्तै, महासचिव पोखरेलले राजतन्त्रको समयमा नेपालीको औसत आयु ५४ वर्ष मात्रै रहेको र हाल ७४ वर्ष पुगेको दाबी गर्दै नेपालमा परिर्वतन भएको बताए।
Shares

प्रतिक्रिया