राजनीति


मिश्र र राणासहित २० जनालाई अझै १५ दिन हिरासतमा राख्न अदालतको अनुमति, ५३ जनालाई २० दिन

मिश्र र राणासहित २० जनालाई अझै १५ दिन हिरासतमा राख्न अदालतको अनुमति, ५३ जनालाई २० दिन

नेपालखबर
चैत २६, २०८१ मंगलबार १५:५०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ७३ जनालाई थप हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

राज्यविरुद्धको कसुरमा पक्राउ परेकालाई १५ दिन र आपराधिक उपद्रवको कसुरमा पक्राउ परेकालाई २० दिन म्याद मंगलबार थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। 

मिश्र र राणासहितका २० आरोपितलाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको छ। उनीहरूलाई तेस्रो पटक १५ दिन हिरासतमा राख्न जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायले अनुमति दिएका हुन्। 

यस्तै आपराधिक उपद्रवमा ५३ जनालाई थप २० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। उनीहरूले चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा प्रदर्शन गर्दा व्यक्ति तथा सरकारी सम्पत्तिमा आगजनी तथा तोडफोड गरेका थिए। 

७३ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले प्रसाईंसहितका फरारको पनि खोजी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad