भूकम्प र अन्य प्राकृतिक प्रकोपबाट अभिभावक गुमाएका जाजरकोटका विपन्न परिवारका बालबालिकाहरुकाे छात्रवृत्तिका लागि १० लाख रुपैयाँको अक्षकोष स्थापना हुने भएको छ।
अमेरिकास्थित प्रवासी नेपाली मन्च (ओएनएफ)आयोवा राज्य कमिटीले तिहारमा दैउसी–भैलो खेलेर जम्मा भएको ५ लाख र आगामी वर्ष ५ लाख थप्नेगरी १० लाख रुपैयाँको कोष स्थापना भएको हो।
बिहीबार काठमाडौँ आयोजित एक समारोहकाबीच प्रवासी नेपाली मञ्चका तर्फबाट डा. थोमस बास्तोल र नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष डा. सुरेशकुमार आरसीबीच कोष स्थापनाबारे सहमति पत्रमा हस्ताक्षर भएको थियो। नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी जाजरकोटको नाममा उक्त अक्षकोष स्थापना हुनेछ।
सम्झौता समारोहमा अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्ती, राष्ट्रिय युवा संघका उप महासचिव राजन थापा , बुद्विजीवी परिषद्का केन्द्रीय सदस्य टेकबहादुर थापा, नेकपा (एमाले) जाजरकोट- काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष नवराज शाही लगायतको उपिस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया