जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख र कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतदानमा ६५ प्रतिशत मत खसेको छ।
नलगाड नगरपालिकाको २४ वटा मतदान केन्द्र र कुशे गाउँपालिका–७ को वडा अध्यक्ष पदका लागि २ वटा मतदान केन्द्रमा गरी कुल ११ हजार ५ सय ३० मत खसेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निमित्त निर्वाचन अधिकृत नविनकुमार कठायतले जानकारी दिए।
नलगाड नगरपालिका र कुशे गाउँपालिकामा १७ हजार ७ सय ५१ मतदाता रहेका थिए। यहाँ ३५ प्रतिशत अर्थात ६ हजार २ सय २१ मत भने नखसेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ।
नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि ६ जनाको उम्मेदवारी परेको छ भने कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ।
यहाँ मतगणनाका लागि सर्वदलीय बैठक बस्दै छ। सर्वदलीय बैठकले मतगणनाका लागि समय तय गर्ने जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निमित्त निर्वाचन अधिकृत कठायतले बताए।
Shares

प्रतिक्रिया