राजनीति


कीर्तिपुरमा सर्वदलीय बैठक बस्दै, मतगणना आजै सुरु गरिने

कीर्तिपुरमा सर्वदलीय बैठक बस्दै, मतगणना आजै सुरु गरिने

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १९:९, काठमाडौँ

कीर्तिपुर नगरपालिका प्रमुख र दुईवटा वडाध्यक्षको मतगणना आजै (आइतबार) सुरु हुने भएको छ।

अहिले सर्वदलीय बैठक बस्न लागेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन्। 

‘२० मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर मतगणनास्थलमा ल्याइपुर्‍याएका छौँ,’ उनले नेपालखबरसँग भनिन्,‘ अब सर्वदलीय बैठक बसेर त्यसलगत्तै मतगणना थाल्छौँ।’

कीर्तिपुरको प्रमुखका लागि राजनीतिक दलबाट ८ र स्वतन्त्र १० जना उम्मेदवार प्रतिस्पर्धामा छन्। 

आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म भएको मतदानमा २१ हजार ३ सय ६२ मत खसेको छ।

कीर्तिपुरमा ३१ हजार १ सय १२ मतदाता थिए।

२०७९ को वैशाखमा भएको स्थानीय तहको चुनावमा निर्वाचित नेपाली कांग्रेसका राजकुमार नकर्मीको निधन भएपछि उपचुनाव भएको हो। 

यसैगरी सोही नगरपालिकाको वडा नम्बर १ र ४ मा पनि उपचुनाव भएको छ। वडाको समेत मतगणना थाल्ने उनले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad