कर्णाली


यार्सा टिप्न हिँडेका तीनजना बेपत्ता

यार्सा टिप्न हिँडेका तीनजना बेपत्ता

फाइल तस्बिर


नेपालखबर
बैशाख २४, २०८० आइतबार ६:२२, मुगु

हिमपहिरोमा परी जुम्लाका तीन व्यक्ति बेपत्ता भएका छन्। जुम्लाको पातारासी गाउँपालिका वडा नं २ तल्फी गाउँका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्ता भएको पातारासी गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले जानकारी दिए। 

पन्ध्र जनाको टोली बनाई मुगुको पाटनमा यार्सा टिप्न गएकामध्ये उनीहरु मुगु कार्मारोङ्ग गाउँपालिका–२ च्यार्खु लेकमा शनिबार बेपत्ता भएको अध्यक्ष बोहोराले बताए। 

“दिउँसो खबर आएसँगै इलाका प्रहरीचौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले के कसरी घटना भयो? हिउँपहिराका कारण हो कि अन्य कारण हो? बेपत्ताको अवस्था के छ? प्रहरी पुगेमात्र आधिकारिक जानकारी आउनेछ”, जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले भने। 

मुगुका पाटनमा यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने सूचना गरे पनि यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन्। बेपत्ता भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad