ad ad

खेल


रियललाई ९ वर्षपछि कोपा डेल रेको उपाधि

रियललाई ९ वर्षपछि कोपा डेल रेको उपाधि

नेपालखबर
बैशाख २४, २०८० आइतबार ६:३६, काठमाडौँ

रोड्रिगोका दुई गोलको मद्दतमा रियल म्याड्रिडले ९ वर्षपछि कोपा डेल रेको उपाधि जितेको छ। 

सेभियामा शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ गोल अन्तरले हराउँदै रियलले सन् २०१४ पछि कोपा डेल रेको उपाधि हात पारेको हो। 

दोस्रोपटक कोपा डेल रेको फाइनल खेलेको आसासुनालाई हराउँदा रियलले २०औं पटक उपाधि आफ्नो नाममा गरेको हो। 

रियलले यसअघि सन् १९०५, १९०६, १९०७, १९०८, १९१७, १९३४, १९३६, १९४६, १९४७, १९६२, १९७०, १९७४, १९७५, १९८०, १९८२, १९८९, १९९३, २०११ र २०१४ कोपा डेल रेको उपाधि उचालेको थियो। 

करिब २५ हजार समर्थकका अघि ओसासुना १०३ वर्षको इतिहासमा महत्त्वपूर्ण उपाधि जित्नबाट वञ्चित भयो। 

खेलको दोस्रो मिनेटमै रोड्रिगोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए। कोपा डेल रेको फाइनल इतिहासमा १७ वर्षपछि छिटो गोल भएको हो। उनले भिनिसियस जुनियरको पासमा गोल गरेका थिए। 

खेलको ५८औं मिनेटमा लुकास टोरोले गोल गर्दै ओसासुनालाई १–१ गोलको बराबरीमा ल्याए। तर ७०औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। त्यसपछि खेलमा थप गोल हुन नसक्दा रियल च्याम्पियन बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .