कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने भएको छ। कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोकेका हुन्।
सोमबार बसेको प्रदेश सभाको बैठकमा शाहले प्रदेश सभा ०७९ को नियमावली ७ बमोजिम निर्वाचन तोकेका हुन्।
शाहले कर्णाली प्रदेश सभाको नियमावली ०७९ को नियम ७ को उपनियम १ बमोजिक सूचना प्रकाशन गर्न प्रदेश सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिएका थिए।
ज्येष्ठ सदस्य शाहको निर्देशन बमोजिम प्रदेश सभा सचिव जीवराज बुढाथोकीले सभामुखको निर्वाचन प्रयोजनका लागि निर्वाचन कार्यक्रम प्रकाशन गरेका छन्।
निर्वाचन प्रयोजनका लागि पुस ३० गते मतदाता नामावली प्रकाशन, उम्मेदवारको प्रस्ताव दर्ता, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको प्रस्ताव उपर दावी विरोध कार्यक्रम तय गरिएको छ।
यस्तै, माघ १ गते उम्मेदवारको प्रस्ताव फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन ११ बजेदेखि सभाको वैठक प्रराम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा गर्ने कार्यक्रम तालिका रहेको छ।
Shares

प्रतिक्रिया