ad ad

खेल


विराटनगर सुपर किंग्स टी २० लिगको दोस्रो क्वालिफायरमा

विराटनगर सुपर किंग्स टी २० लिगको दोस्रो क्वालिफायरमा

नेपालखबर
पुस २५, २०७९ सोमबार १७:१२, काठमाडौँ

काठमाडौं किंग्सलाई पराजित गर्दै विराटनगर सुपर किंग्सले नेपाल टी २० लिगको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। 

सोमबार भएको एलिमिनेटर खेलमा काठमाडौलाई ९९ रनको फराकिलो अन्तरले हराउँदै विराटनगरले क्वालिफायरमा स्थान बनाएको हो। 

विराटनगरले अब दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सको सामना गर्नेछ। जनकपुर पहिलो क्वालिफायरमा लुुम्बिनी अल स्टार्ससँग ६ रनले पराजित भएको थियो। यो खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ। 

विराटनगरले दिएको १८३ रनको लक्ष्य पछ्याएको काठमाडौँ १२.४ ओभरमा ८३ रनमा अलआउट भयो। 

काठमाडौंका लागि अविनास बोहोरा १६ रनमा नटआउट रहे। कप्तान ज्ञानेन्द्र मल्ल १५, लोकेश बम १३ र कमल ऐरि १० रनमा पवेलियन फर्के। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

काठमाडौंलाई सस्तैमा रोक्न विराटनगरका लागि सुर्य तामाङ एक्लैले ४ विकेट लिए। २.४ ओभर बलिङ गरेका उनले मात्र १४ रन खर्चे। कोइन जोसेप र शहाव आलमले समान २ विकेट लिए। हुसैन तलातले एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रनको योगफल तयार पारेको थियो। 

कप्तान रोहित पौडेलले सर्वाधिक ६१ रनको योगदान दिए। ४९ बलको सामना गरेका उनले ६ चौका र २ छक्का हाने। 
विवेक यादव ४६ रनमा नटआउट रहे। हुसैन तलातले ३८ र राज नननले २३ रन थपे। 

कमल ऐरि र अनिल खरेलले समान २ विकेट लिए। अविनास बोहोरा र गौतम केसीले एक एक विकेट लिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .