ad ad

कर्णाली


सुर्खेतमा महिलाको घाँटी रेटी हत्या, श्रीमान पक्राउ

सुर्खेतमा महिलाको घाँटी रेटी हत्या, श्रीमान पक्राउ

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १८:५७, सुर्खेत

सुर्खेतमा एक युवाले आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरेका छन्। 

जिल्लाको पञ्चपुरी नगरपालिका ३ तोक्माका ३८ वर्षीय अम्मर आले मगरले मंगलबार दिउँसो धारिलो हतियार प्रयोग गरी ३० वर्षीया श्रीमती मिना आलेको घाँटी रेटेर टाउको हत्या गरेका हुन्। 

आलेलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले सोही ठाउँको पलैटे स्वास्थ्य चौकी नजिकबाट प्रक्राउ गरेको हो। 

आलेलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवम डीएसपी सुरज कार्कीले जानकारी दिए। 

कार्कीका अनुसार आलेलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरमा राखिएको छ। 

हाल घटना स्थलमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट १३ जनाको प्रहरी टोली खटिएको कार्कीको भनाई छ। 

घटना कसरी घट्न पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .