ad ad

कारोबार


राष्ट्र बैंकले ल्यायो लचिलो मौद्रिक नीति (पूर्णपाठ)

राष्ट्र बैंकले ल्यायो लचिलो मौद्रिक नीति (पूर्णपाठ)

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १२:४३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। 

शुक्रबार बालुवाटारस्थित कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्। 

सरकारको बजेटको कार्यक्रम, १६औँ योजनालगायतका कुरालाई ख्याल गर्दै लचिलो मौद्रिक नीति तय गरिएको अधिकारीले बताए। 

चालू आवमा रेमिट्यान्स वृद्धिदर सामान्य रहने भएकाले सञ्चिति केही कम हुने अपेक्षा गरिएको उनले बताए। चालू आवमा पनि शोधनान्तर स्थिति बचतमै रहने अनुमान रहेको उनको भनाइ छ। 

‘पुँजीगत खर्च बढ्ने अपेक्षा गरिएको छ। निजी क्षेत्रमा जाने कर्जा सुधार हुने अपेक्षा गरिएको छ’, उनले भने। 

ब्याजदर घटेको अवस्था रहेको, लगानीयोग्य साधन बढे पनि बैंकहरुको कर्जा विस्तार नभएकोले लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिइएको केन्द्रीय बैंकले जनाएको छ। 

यस्तो छ पूर्णपाठ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .