ad ad

खेल


सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित

सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित

नेपालखबर
साउन ११, २०८१ शुक्रबार ७:५२, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टी-२० ट्वान्टी क्यानडा लिगको पहिलो खेलमा पराजित भएको छ। 

सन्दीपको टोली भ्यानकुभर टोरन्टो नेसनल्ससँग ८ विकेटले हारेको हो। 

भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।

टोरन्टोका कप्तान कोलिन मुन्रोले बनाएको ४४ रन नै टोलीका लागि सर्वाधिक रह्यो। रासिइ भान डार डुसेन ३१ र निकोलन किर्तन ४ रनमा अविजित रहे। 

उन्मुक्त चन्द २३ रन थपे। २३ बलमा ४ चौका प्रहार गरेका उन्मुक्त सन्दीपको बलमा एलबीडब्लु धरापमा परे।

सन्दीपले आफ्नो स्पेलमा २९ रन खर्चेर १ विकेट आफ्नो नाममा गरे। 

त्यसअघि टोरोन्टोले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भ्यानकुभर ३ बल अगावै १ सय १० रन बनाउँदा अलआउट भयो। 

रेजा‌ हेन्रिक र मुनिर अहमदले समान २३ रन जोडे। ड्वाइन प्रिटोरियसले १६ र सन्दीपले १५ रन थपे। 

टोरोन्टोका जुनेद सिद्दिकीले ४ विकेट लिए। साद विन जफर र मुहम्मद रोहिदले २/२ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .