ad ad

कर्णाली


कर्णाली प्रदेश सरकारका ४ माओवादी मन्त्री आज राजीनामा दिँदै

कर्णाली प्रदेश सरकारका ४ माओवादी मन्त्री आज राजीनामा दिँदै

नेपालखबर
साउन ७, २०८१ सोमबार १०:५९, सुर्खेत

कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका चार मन्त्रीले आज राजीनामा दिँदै छन्।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै कर्णाली प्रदेश सरकारका माओवादी मन्त्रीहरूले राजीनामा दिने भएका हुन्। 

नेकपा एमालेले नेतृत्व गरेको कर्णाली प्रदेश सरकारमा माओवादीबाट मन्त्री रहेका महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावतले आज पदबाट राजीनामा दिने भएका हुन्। 

केसी आर्थिक मामिला तथा योजना, शाही सामाजिक विकास, परियार जलस्रोत तथा उर्जा र रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुन्।

मन्त्री रावत, शाही र केसी गत वैशाख १८ गते मंगलबार मन्त्रीमा नियुक्त भएका थिए। यस्तै यसअघि नै बिनाविभागीय मन्त्री बनेका परियारले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मा पाएका थिए। 

मन्त्री परियारले माओवादी मन्त्रीहरूले आजै राजीनामा दिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .