ad ad

कर्णाली


दैलेखको ठाँटीकाँधमा पहिरोले पुरिएर एक जनाको मृत्यु

दैलेखको ठाँटीकाँधमा पहिरोले पुरिएर एक जनाको मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
साउन ९, २०८१ बुधबार १८:७, सुर्खेत

दैलेखको ठाँटीकाँध गाउँपालिका–२ पिपलचौतार नजिक पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।

घरमाथिबाट आएको पहिरोले पुरिएर अन्दाजी ४० वर्षीय शेरबहादुर बमको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अुनसार बुधबार दिउँसो साढे ४ बजेको समयमा घटना घटेको हो।

यस्तै, पहिरोमा परि शेरबहादुरका तीन वर्षीय नाती घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी प्रहरी निरीक्षक दिपक मगरातीले मृतक बमका तीन वर्षीय नातीको अवस्था सामान्य रहेको जानकारी दिए।

उनले भने, ‘दिउँसो सानो पहिरो बाटोमा खसेको रहेछ। शेरबहादुर उक्त पहिरो हटाउछु भनेर फरुवा लिएर जानु भएछ। पहिरो हटाउँदा–हटाउँदै माथिबाट आएको पहिरोले पुरिनुभएछ। तर, उहाँको तीन वर्षीय नाति अलि टाढा भएकाले सामान्य घाइते हुनुभएको छ।’

यस्तै, प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय ठाँटीकाँधबाट प्रहरी टोली घटना स्थल घटिएर मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि तयारी थालिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .