ad ad

कर्णाली


कर्णाली प्रदेश सरकारबाट बाहिरियो माओवादी, ४ मन्त्रीले दिए राजीनामा

कर्णाली प्रदेश सरकारबाट बाहिरियो माओवादी, ४ मन्त्रीले दिए राजीनामा

नेपालखबर
साउन ७, २०८१ सोमबार ११:१६, काठमाडौँ

कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन्। सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै उनीहरूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। 

नेकपा एमालेले नेतृत्व गरेको कर्णाली प्रदेश सरकारमा माओवादीबाट महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावत मन्त्री छन्।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै कर्णाली प्रदेश सरकारका माओवादी मन्त्रीहरूले राजीनामा दिन लागेका हुन्। 

उनीहरूले आजै मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाउने बताएका छन्। 

मन्त्री रावत, शाही र केसी गत वैशाख १८ गते मंगलबार मन्त्रीमा नियुक्त भएका थिए। यस्तै यसअघि नै बिनाविभागीय मन्त्री बनेका परियारले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मा पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .