ad ad

कर्णाली


कर्णालीमा माओवादीका मन्त्रीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा पत्र

कर्णालीमा माओवादीका मन्त्रीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा पत्र

दिनेश बुढा
साउन ७, २०८१ सोमबार ११:३७, सुर्खेत

कर्णाली प्रदेश सरकारबाट बाहिरिने घोषणा गरेसँगै माओवादीका मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेलालाई राजीनामा पत्र बुझाएका छन्। 

मन्त्रीहरूले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री कँडेललाई राजीनामा पत्र बुझाएका हुन्। 

सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

नेकपा एमालेले नेतृत्व गरेको कर्णाली प्रदेश सरकारमा माओवादीबाट मन्त्री रहेका महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावतले पदबाट राजीनामा दिएका हुन्। 

केसी आर्थिक मामिला तथा योजना, शाही सामाजिक विकास, परियार जलस्रोत तथा उर्जा र रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए।

मन्त्री रावत, शाही र केसी गत वैशाख १८ गते मंगलबार मन्त्रीमा नियुक्त भएका थिए। यस्तै यसअघि नै बिनाविभागीय मन्त्री बनेका परियारले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मा पाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .