दैलेखमा माओवादी नेता उपेन्द्रकुमार रावतको टिकट रातारात खोसिएको छ।
उनको टिकट खोसिएपछि दैलेख माओवादी पार्टी भित्रै विद्रोह सुरु भएको छ।
एमालेबाट टिकट नपाएर शनिबार साझ एमाले त्यागेका नेता योगेन्द्र शाहीलाई नेकपा माओवादी केन्द्रले टिकट दिने भएको छ।
शाही युवामाझ लोकप्रिय र बौद्धिक नेताका रूपमा परिचित नेता भएको भन्दै रावतलाई ब्याक गरेर माओवादी केन्द्रले योगेन्द्रलाई टिकट दिने भएको हो।
यसअघि दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (ख) मा टिकट पाएका रावतले उक्त पार्टीको निर्णय मान्य नहुने बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘जालझेल र षडयन्त्रपूर्ण ढंगले गरिने कुनै पनि निर्णय मान्य हुने छैन्।’
1.0k
Shares

प्रतिक्रिया