राजनीति


केपी ओलीले झापा ५ मा गराए मनोनयन दर्ता

केपी ओलीले झापा ५ मा गराए मनोनयन दर्ता

नेपालखबर
असोज २३, २०७९ आइतबार १३:४५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा मनोनयन पत्र दर्ता गरेका छन्। गृहजिल्ला झापा पुगेर उनले निर्वाचन क्षेत्र नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गरेका हुन्। 

पूर्वप्रधानमन्त्री ओलीसँग प्रतिस्पर्धा गर्न उक्त क्षेत्रमा सत्ता गठबन्धनले नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई अघि सारेको छ। 

२०७४ को निर्वाचनमा पनि ओली र अधिकारीबीच प्रतिस्पर्धा भएको थियो। 

उक्त निर्वाचनमा ओली नेकपा माओवादी केन्द्रसँगको चुनावी तलमेल गरेर प्रतिस्पर्धामा उत्रिएका थिए। 

५७ हजार १३९ मतसहित उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा अधिकारीले २८ हजार २९७ मत पाएका थिए। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा झापा–५ मा एमालेको पक्षमा ४१ हजार ६१९, कांग्रेसको पक्षमा २२ हजार २२, माओवादीको पक्षमा १० हजार ७८८, राप्रपाको पक्षमा ८ हजार ३५३, नेकपा एकीकृत समाजवादीको पक्षमा १ हजार ९८८ मत परेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad