अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग्ने घोषणा गरेका छन्।
न्युयोर्क टाइम्सले विश्वविद्यालयसँग वार्ताका क्रममा ट्रम्प प्रशासन आफ्नो २०० मिलियन डलरको मागबाट पछि हटेको खबर प्रकाशन गरेपछि ट्रम्पले उक्त घोषणा गरेका हुन्।
ट्रम्पले सोमबार राति ट्रुथ सोसलमा न्युयोर्क टाइम्सको त्यो रिपोर्ट उद्धृत गर्दै हार्वर्ड विश्वविद्यालयले ‘बकवास कुरा भनेको’ आरोप लगाएका छन्।
ट्रम्प प्रशासनका अधिकारीहरूले हार्वर्डलाई प्यालेस्टिनी समर्थकले गरेको प्रदर्शनका क्रममा यहुदीविरोधी घटना हुन नदिन पर्याप्त कदम नचालेको आरोप लगाएका छन्। विश्वविद्यालयले भने आरोप अस्वीकार गरेको छ।
गत वर्ष अप्रिलमा ट्रम्पले हार्वर्डलाई दिने गरिएको झन्डै २ अर्ब डलर अनुसन्धान अनुदान खारेज गर्दै संघीय कोषमा रोक लगाएका थिए।
Shares

प्रतिक्रिया