आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि संघीय राजधानी रहेको काठमाडौँ जिल्लामा सबैभन्दा बढी मतदाता निर्वाचन क्षेत्र नं. १० र सबैभन्दा कम निर्वाचन क्षेत्र नं. १ मा रहेका छन्।
निर्वाचन आयोगका अनुसार, काठमाडौँ-१ मा ४८ हजार ४८९ मतदाता रहेका छन्। त्यसमध्ये पुरुष २३ हजार २३७ र महिला २५ हजार २५२ रहेका छन्। यो क्षेत्रमा २२ वटा मतदान स्थलमा ५७ वटा मतदान केन्द्र तोकिएको छ।
त्यस्तै, काठमाडौँ-२ मा ८८ हजार ७०८ मतदाता छन्। जसमध्ये ४३ हजार ३९३ पुरुष र ४५ हजार ३१५ महिला छन्। यो क्षेत्रमा ६४ मतदान स्थलमा एक सय वटा मतदान केन्द्र रहेका छन्।
काठमाडौँ-३ मा ६४ हजार ४७९ मतदान छन्। यो क्षेत्रमा ३१ हजार ५५६ पुरुष र ३२ हजार ९२३ महिला रहेको आयोगले जनाएको छ। यो क्षेत्रमा २९ वटा मतदान स्थलमा ७२ वटा मतदान केन्द्र तोकिएका छन्।
काठमाडौँ-४ मा ७६ हजार १४१ मतदाता रहेका छन्। यसमध्ये पुरुष ३६ हजार ५४२ र महिला ३९ हजार ५९९ छन्। यो क्षेत्रमा ३३ वटा मतदान स्थलमा ८८ वटा मतदान केन्द्र रहेका छन्।
यसैगरी, काठमाडौँ-५ मा ७८ हजार ११४ मतदाता छन् भने ३७ हजार २७८ पुरुष र ४० हजार ८३२ महिला रहेको आयोगले जनाएको छ। यो क्षेत्रमा ३१ मतदान स्थलमा ९० मतदान केन्द्र राखिएको छ।
काठमाडौँ-६ मा ६७ हजार ७५९ मतदाता तय भएको आयोगको तथ्यांक छ। जसमध्ये पुरुष ३२ हजार ८०२ र महिला ३४ हजार ९५६ रहेका छन्। यो क्षेत्रमा ३२ मतदान स्थलमा ७९ वटा मतदान केन्द्र रहेका छन्।
यस्तै, ३२ हजार ६७३ पुरुष र ३४ हजार ७३८ महिलासहित काठमाडौँ-७ मा ६७ हजार ४११ मतदाता रहेका छन्। यो क्षेत्रमा २९ मतदान स्थल छन् भने ७८ मतदान केन्द्र छन्।
काठमाडौँ-८ मा ५७ हजार ८११ मतदाता छन्। जसमध्ये २७ हजार ९१३ पुरुष र २९ हजार ९८९ महिला रहेको आयोगले जनाएको छ। यो क्षेत्रमा २३ मतदान स्थलमा ६५ मतदान केन्द्र राखिएको छ।
काठमाडौँ-९ मा ७८ हजार ४९५ मतदाता निर्धारण गरिएको छ। जसमध्ये ३८ हजार २१७ पुरुष र ४० हजार २७८ महिला रहेका छन्। यो क्षेत्रमा ३४ मतदान स्थलमा ९० मतदान केन्द्र छन्।
काठमाडौँ-१० मा ८३ हजार ३०१ मतदाता छन्। त्यसमध्ये ४० हजार ५८३ पुरुष, ४२ हजार ७१६ महिला र २ अन्य छन्। यो क्षेत्रमा ४७ मतदान स्थलमा ९८ मतदान केन्द्र तोकिएको छ।
Shares

प्रतिक्रिया