ग्लोबल


गोवा आगलागी : थाइल्यान्ड भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ पक्राउ

गोवा आगलागी : थाइल्यान्ड भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ पक्राउ

राहदानी बोकेका लुथरा दाजुभाइ


नेपालखबर
मंसिर २५, २०८२ बिहिबार १२:५७, काठमाडौँ

भारतस्थित गोवाको बिर्च नाइटक्लबमा पाँच नेपालीसमेत २५ जनाको ज्यान जानेगरी आगलागी भएको पाँचौँ दिन बिहीबार क्लबका मालिक दाजुभाइ सौरभ लुथरा र गौरव लुथरालाई थाइल्यान्डमा पक्राउ गरिएको छ। 

थाई प्रहरीले हतकडी लगाएका र राहदानी बोकेका दाजुभाइको तस्बिर सार्वजनिक गरेको छ। 

स्रोतका अनुसार, भारतीय अधिकारीहरूको टोली थाइल्यान्ड गएको छ र लुथरा दाजुभाइलाई २४ घण्टाभित्र फिर्ता ल्याउनेछ। गोवा प्रहरीले भारत फिर्ता ल्याएपछि उनीहरूलाई हिरासतमा लिनेछ।

यही मंसिर २० गते अर्थात् डिसेम्बर ६ मध्यराति बिर्च नाइटक्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको थियो। तीमध्ये ५ नेपाली छन्।

घटनापछि क्लबका मालिक लुथरा दाजुभाइ भारतबाट भागेर थाइल्यान्ड पुगेका थिए। उनीहरूविरुद्ध अपराधपूर्ण हत्या र लापरबाहीको आरोप लगाइएको छ।

उक्त आगलागीमा परी दाङका ३१ वर्षीय चूर्णबहादुर पुन, सिन्धुलीका लीलबहादुर कटुवाल (विवेक), डडेलधुराका मनोज जोरा, झापाका सबिन विश्वकर्मा र सुदीप गुरुङको मृत्यु भएको थियो। 

उनीहरूको शव नेपाल ल्याउने तयारी भइरहेको सरकारले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad