कारोबार


नेपाल लाइफको बोनस दर सार्वजनिक

नेपाल लाइफको बोनस दर सार्वजनिक

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार १३:६, काठमाडौँ

नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि बोनस दर घोषणा गरेको हो। 

कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदनका आधारमा २०८१/८२ का लागि नयाँ बोनस दर घोषणा गरेको हो। 

कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको सबै किसिमका जीवन बीमालेख अन्तर्गत नयाँ बोनस दर लागू हुनेछ।

विषम आर्थिक परिस्थितिका बीच पनि नेपाल लाइफले आफ्नो बोनस दरलाई स्थिर राख्न सफल भएको छ। 

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्ने बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहेका बीमा अभिकर्ताहरू, कर्मचारीहरू, सेयरधनीहरु, नियामक निकायहरू तथा सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरेका छन्।

कम्पनीले लिएका रणनैतिक निर्णयहरुका कारणनै बोनस दरलाई स्थिर राख्न सफल भएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताएका छन्। 

सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, जीवन उदय एकल) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ८२ रुपैयाँ कायम गरिएको छ।

सावधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि प्रतिहजारमा ६५ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि प्रतिहजारमा ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका र ३० वर्ष बढी अवधिका लागि प्रतिहजारमा ८२ रुपैयाँ कायम गरिएको छ।

सावधिक जीवन बीमालेख (जीवन समुनन्त) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका र ३० वर्षभन्दा माथि अवधिका लागि प्रतिहजारमा ७० रुपैयाँ कायम गरिएको छ।

सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना– विकल्प १/विकल्प २) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्म र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ६५ रुपैयाँ कायम कायम गरिएको छ।

सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १) एकल बीमाशुल्क) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ५५ रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ५७ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्म र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ कायम गरिएको छ।

सावधिक जीवन बीमालेख (केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना)  अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ कायम गरिएको छ।

सावधिक जीवन बीमालेख ( केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना एकल बीमाशुल्क) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ कायम गरिएको छ।

सावधिक तथा आजीवन बीमालेख (जीवन साहारा, अनमोल जीवन) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्म र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ८२ रुपैयाँ कायम गरिएको छ।

अग्रिम भुक्तानी सावधिक बीमालेख (जीवन समृद्धि–१५ वर्ष, जीवन समृद्धि–१५ वर्ष) अन्तर्गत बीमालेखमा १५ वर्षे अवधि र २० वर्षे अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ कायम गरिएको छ।

अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५ वर्ष, धन वर्षा–२० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदाबहार जीवन) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ कायम गरिएको छ।

अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन सम्बृद्धि)मा अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष अवधि, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ कायम गरिएको छ।

अन्य (जीवन सारथी) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि प्रतिहजारमा ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्म र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ८५ रुपैयाँ कायम गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad