ग्लोबल


ट्र्म्पसँग भेटवार्ता गर्न अमेरिका जाँदै नेतन्याहु

ट्र्म्पसँग भेटवार्ता गर्न अमेरिका जाँदै नेतन्याहु

नेपालखबर
साउन ९, २०८३ शनिबार ५:४१, जेरुसेलम

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मंगलबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेट गर्ने इजरायली प्रधानमन्त्रीको कार्यालयले दिएको छ। 

नेतन्याहुको यो भ्रमण दुई नेताबिच इरानसँगको युद्ध व्यवस्थापनबारे तनाव बढिरहेको बेला हुन लागेको हो।

नेतन्याहुको कार्यालयले जनाएको छ, ‘प्रधानमन्त्री नेतन्याहुले मंगलबारर ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प ट्रम्पसँग भेट्ने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा उहाँले दिवंगत अमेरिकी सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा भाग लिनुहुनेछ।’

प्रधानमन्त्री नेतन्याहु सोमबार वासिङ्टन प्रस्थान गर्नेछन्।

ट्रम्प गत वर्ष अमेरिकाको राष्ट्रपति पदमा पुनःनिर्वाचित भएपछि यी दुई नेताबिच यो छैटौँ भेट हुनेछ।

उनीहरूबीच निकट सम्बन्ध छ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा इजरायलको ‘सबैभन्दा ठुलो मित्र’ भनेर प्रशंसा गरेका छन्।

इरान सम्झौताबारेको जटिल वार्ताका क्रममा ट्रम्पले यस वर्ष आफ्ना सहयोगी नेतन्याहुमाथि दबाब बढाएपछि पछिल्ला महिनाहरूमा उनीहरूको यो गठबन्धनमा तनाव देखिएको समाचारहरू आइरहेको समयमा नयाँ कार्यक्रम तय भएको हो। (रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad