ग्लोबल


बंलादेशका राष्ट्रपतिले दिए राजीनामा

बंलादेशका राष्ट्रपतिले दिए राजीनामा

नेपालखबर
साउन ९, २०८३ शनिबार ५:४७, ढाका

बंलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले स्वास्थ्यको कारण देखाउँदै शुक्रबार पदबाट राजीनामा दिएका छन्। उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मानिन्छन्। 

राष्ट्रपति मोहम्मद शहाबुद्दिनले एएफपीसँगको टेलिफोन कलमा आफूले राजीनामा दिएको पुष्टि गरेका छन्।

‘हो, मैले राजीनामा दिएको छु,’ उनले भने। 

तर उनले थप विवरण दिएनन्।

एएफपीलाई प्राप्त संसद् अध्यक्षलाई लेखिएको राजीनामापत्रमा राष्ट्रपति शहाबुद्दिनले राजिनामा दिनुको कारण आफ्नो बिग्रँदै गएको स्वास्थ्य अवस्था भएको उल्लेख गरेका छन्।

‘शारीरिक र मानसिक क्षमतामा आएको गम्भीर ह्रासका कारण राष्ट्रपति जस्तो महत्वपूर्ण संवैधानिक पदको जिम्मेवारी ठिकसँग वहन गर्न अब सम्भव छैन,’ उनले राजीनामा पत्रमा लेखेका छन्।

‘चुप्पु’ भनेर चिनिने ७६ वर्षीय राष्ट्रपति शहाबुद्दिन सन् २०२३ मा शेख हसिनाको अवामी लिगको समर्थनमा संसद्को बहुमतबाट राष्ट्रपति पदमा चुनिएका थिए। 

सन् २०२४ मा विद्यार्थी विद्रोहले पूर्व शासक हसिनालाई सत्ताबाट हटाएपछि राष्ट्रपतिलाई पनि हटाउनुपर्ने आवाज उठेको थियो।

शहाबुद्दिनविरुद्ध गत मे महिनामा लन्डनमा उपचार गराइरहेका बेला शेख हसिनासँग फोनमा कुराकानी गरेको आरोप लागेको थियो, जसलाई उनले अस्वीकार गरेका छन्।

सत्तारूढ बंलादेश नेसनलिस्ट पार्टीका गृहमन्त्री सलाहुद्दिन अहमेदले बिहीबार सरकारलाई राष्ट्रपतिले राजीनामा दिएकोबारे कुनै जानकारी नभएको बताएका थिए। 

‘उहाँले राजीनामा दिन चाहेमा संविधानअनुसार संसद् अध्यक्षलाई राजीनामा पत्र बुझाउनुपर्छ,’ उनले पत्रकारहरूसँग भनेका थिए।(रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad