ग्लोबल


कलकत्ता ल कलेजमा सामूहिक बलात्कार घटनाका पीडित र ३ आरोपितको डीएनए जाँच गरिँदै

कलकत्ता ल कलेजमा सामूहिक बलात्कार घटनाका पीडित र ३ आरोपितको डीएनए जाँच गरिँदै

बलात्कार भएको स्थान कलकत्ता कलेज


नेपालखबर
असार १५, २०८२ आइतबार २२:८, काठमाडौँ

कोलकाताको बल्लीगन्जमा रहेको साउन कलकत्ता ल कलेजमा सामूहिक बलात्कारमा परेकी छात्रा र आरोपित तीन जनाको डीएनए नमुना लिइएको छ।

अब यसको रिपोर्ट घटना अनुसन्धानमा महत्त्वपूर्ण हुने अनुसन्धानकर्ताहरूले बताएका छन्। 

साथै घटनाका बेला उनीहरूले लगाएका पोसाक पनि प्रहरीले लिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले पीडित र उनका आमाबाबुसँग गोप्य रूपमा बयान लिएको छ। प्रहरी स्रोतका अनुसार, पीडितको बयान सीसीटीभी फुटेजसँग मेल खाएको छ। 

घटना अनुसन्धान गर्न गठित विशेष अनुसन्धान टोलीका सदस्यको संख्या पाँचबाट बढाएर नौ पुर्‍याइएको छ।

यसैबीच पीडितलाई न्याय माग्दै कोलकातालगायत राज्यभरि राजनीतिक दल र विभिन्न सामाजिक संस्थाले विरोध प्रदर्शन गरेका छन्। 

यही जुन २५ राति कलेजका एक पूर्वविद्यार्थीले अन्य २ विद्यार्थीसँग मिलेर प्रथम वर्षमा पढ्ने एक छात्रालाई सुरक्षा गार्डको कोठामा लगेर सामूहिक बलात्कार गरेका थिए। बलात्कारमा संलग्न तीनै जना र एक सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरेको छ।

मुख्य अभियुक्त पूर्वविद्यार्थी तृणमूल कंग्रेसका कार्यकर्ता भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad