ग्लोबल


आफूलाई प्रतिबन्ध लगाउने अमेरिकी कानुनविरुद्ध अदालत जाने टिकटकको चेतावनी

आफूलाई प्रतिबन्ध लगाउने अमेरिकी कानुनविरुद्ध अदालत जाने टिकटकको चेतावनी

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार ९:४५, काठमाडौँ

अमेरिकाले आफूलाई प्रतिबन्ध लगाउने कानुन ल्याएपछि टिकटकले यसलाई ‘असंवैधानिक कानुन’ भन्दै यसविरुद्ध अदालत जाने चेतावनी दिएको छ। 

अमेरिका राष्ट्रपति जो बाइडेनले टिकटकको स्वामित्वमा रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई यस एपबाट लगानी फिर्ता लिन वा अमेरिकामा प्रतिबन्धको सामना गर्न नौ महिनाको समय दिने विधेयकमा हस्ताक्षर गरेका छन्।

टिकटकले चिनियाँ सरकारसँग प्रयोगकर्ताको डाटा सेयर गरिरहेको हुन सक्ने चिन्ताका कारण अमेरिकाले उक्त कानुन ल्याएको हो। तर, चिनियाँ कम्पनीले यस आरोपलाई सधैँ अस्वीकार गरिरहेको छ। 

टिकटकका मालिक सु जि चुले भने, ‘हामी विश्वस्त छौं र अदालतमा हाम्रो अधिकारको लागि लडाइरहनेछौँ।’

उनले थपे, ‘तथ्य र संविधान हाम्रो पक्षमा छ, ढुक्क हुनुहोस् हामी कतै जाँदैनौँ।’

टिकटमा जारी भिडिओमा उनले आफूविरुद्ध ल्याइएको अमेरिकी कानुनको आलोचना गर्दै मानिसहरूलाई टिकटकले कसरी आफ्नो जीवनमा सुधार ल्याएको छ भनेर आफ्ना कथा सार्वजनिक गर्न आग्रह पनि गरेका छन्।

उनले भनेका छन्, ‘कुनै गल्ती नगर्नुहोस्, यो प्रतिबन्ध टिकटकविरुद्ध मात्र नभई  तपाई र तपाईंको आवाजमा लगाइएको प्रतिबन्ध हो।’

एउटा छुट्टै बयानमा टिकटकले भनेको छ, ‘सत्य के हो भने हामीले अमेरिकाको डाटा सुरक्षित राख्न अरबौँ डलर लगानी गरेका छौँ र हाम्रो प्लेटफर्म कुनै पनि प्रकारको दबाबबाट मुक्त छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .