ग्लोबल


मारिएको ४ महिनापछि खामेनीको अन्त्येष्टि गरिँदै

मारिएको ४ महिनापछि खामेनीको अन्त्येष्टि गरिँदै

इरानको तेहरानमा पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको कार्यालयनजिकै उनको कुर्सी र एउटा तस्बिर प्रदर्शन गरिएको छ।


नेपालखबर
जेठ २०, २०८३ बुधबार २०:४२, काठमाडौँ

इरानका पूर्वसर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएको झन्डै ४ महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ।

उनको अन्तिम इच्छाअनुसार खामेनीलाई मसहद सहरमा सिया इस्लामका प्रख्यात् व्यक्ति इमाम रेजाको पवित्र तीर्थस्थल परिसरनजिकै गाडिनेछ।

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले खामेनीको अन्तिम बिदाइ यही जुन २१ आसपास हुने सम्भावना रहेको बताएको छ।

उनी गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा गरेको संयुक्त हवाई हमलामा मारिएका थिए।

उनको राजकीय अन्त्येष्टि गत मार्च ४ मै गर्ने तय गरिएको थियो, तर युद्धका कारण स्थगन गरिएको थियो।

इरानी अधिकारीहरूले तेहरान, कोम र मसहदमा आयोजना गरिने खामेनीको अन्त्येष्टि समारोहमा झन्डै २ करोड मानिस उपस्थित हुने अपेक्षा रहेको बताएका छन्। अन्तिम दर्शन तथा श्रद्धाञ्जली अर्पणका लागि तीन दिन छुट्याइएको छ।

खामेनीको मुख्य अन्त्येष्टि समारोह भने तेहरानमा हुनेछ र कम्तीमा २४ घण्टा चल्ने अनुमान छ। त्यसपछि उनको शवलाई धार्मिक सहर कोम र त्यसपछि मसहद लगिनेछ, जहाँ इमाम रेजा तीर्थस्थल परिसरमा गाडिनेछ।

तेहरान नगरपालिकाका एक अधिकारीले भनेका छन्, ‘गाड्नुअघि खामेनीको शवलाई कोम र मसहदका सडकमा अन्त्येष्टि जुलुसमा लगिनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad