ग्लोबल


फेरि इरान पुगे पाकिस्तानका गृहमन्त्री

फेरि इरान पुगे पाकिस्तानका गृहमन्त्री

नेपालखबर
जेठ ७, २०८३ बिहिबार ६:१४, काठमाडौँ

पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी फेरि इरान पुगेका छन्।

पाकिस्तानको गृह मन्त्रालयका एक अधिकारीले बीबीसी उर्दुलाई बताएअनुसार गृहमन्त्रीको भ्रमण ‘अघिल्लो भ्रमणसँग सम्बन्धित छ र एजेन्डा अमेरिका र इरानबिच वार्ता पुनः सुरु गर्नु हो।’

इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सी तस्निमले पनि पाकिस्तानका गृहमन्त्री इरान पुगेको पुष्टि गरेको छ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी यसअघि पनि ४ दिन इरानमा बिताएर गत मंगलबार मात्र स्वदेश फर्किएका थिए। 

त्यतिबेला उनले इरानका राष्ट्रपति मसुद पेजेस्कियान, संसद्का सभामुख मोहम्मद बागेर गालिबाफ र विदेशमन्त्री अब्बासी अराघचीलगायत धेरै जना इरानी नेताहरूसँग भेटवार्ता गरेका थिए।

मंगलबार इरानबाट फर्केपछि गृहमन्त्री नक्वीले आफ्ना प्रधानमन्त्री सहबाज सरिफ र फिल्ड मार्सल असीम मुनिरलाई भेटवार्ताबारे जानकारी गराएका थिए।

यद्यपि यस विषयमा पाकिस्तान सरकारले धेरै जानकारी सार्वजनिक गरेको छैन।

पाकिस्तानले इरान र अमेरिकालाई मिलाउन मध्यस्थता गरिरहेको छ। 

यस क्रममा केही समयअघि पाकिस्तानमा अमेरिका र इरानबिच वार्ता पनि भएको थियो। तर सहमति हुन सकेन। 

त्यसलै पाकिस्तानले दुई देशबिच फेरि वार्ता गराउने प्रयास गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad