समाज


८ विश्वविद्यालयको उपकुलपतिका लागि पर्‍यो २१८ जनाको आवेदन

सबैभन्दा धेरै आवेदन त्रिभुवन विश्वविद्यालयमा
८ विश्वविद्यालयको उपकुलपतिका लागि पर्‍यो २१८ जनाको आवेदन

नेपालखबर
जेठ ७, २०८३ बिहिबार ७:३२, काठमाडौँ

देशका आठवटा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि २१८ जनाको आवेदन परेको छ।  

सरकारले यसअघिका सबै नियुक्ति खारेज गरेपछि शिक्षा तथा खेलकुद मन्त्रालयले गएको वैशाख २५ गते विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो। 

शिक्षा मन्त्रालयका अनुसार सबैभन्दा धेरै आवेदन त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि परेको छ। 

त्रिभुवन विश्वविद्यालयको उपकुलपटिका लागि ५० जनाले आवेदन दिएका छन्। यसै गरी पूर्वाञ्चल र पोखरा विश्वविद्यालयका लागि ३८/३८ जनाको आवेदन परेको छ। 

त्यसैगरी जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका लागि २७, मध्यपश्चिम विश्वविद्यालयका लागि २० र सुदूरपश्चिम विश्वविद्यालयका लागि १९ जनाको आवेदन दर्ता भएको शिक्षा मन्त्रालयले जनाएको छ। 

त्यसैगरी भरतपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयका लागि १५ र लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिका ११ जनाले आवेदन दिएका छन्। 

बालेन शाह नेतृत्वको वर्तमान सरकारले अध्यादेशमार्फत साबिकका उपकुलपति तथा अन्य पदाधिकारी पदमुक्त गरेपछि सरकारले उपकुलपति नियुक्तिका लागि नयाँ प्रक्रिया अघि बढाएको हो। 

मन्त्रालयले गत २५ वैशाखमा १० दिनको समय दिएर नयाँ उपकुलपति चयनका लागि खुला आह्वान गरेको थियो।

उपकुलपति छनोट प्रक्रिया पारदर्शी बनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको छ।

समितिले अब विज्ञ उपसमिति बनाएर उम्मेदवारको मूल्याङ्कन गर्ने मन्त्रालय स्रातले जनाएको छ। 

आवेदन दिएका उम्मेदवारले सम्बन्धित विश्वविद्यालयको सुधार, अनुसन्धान विस्तार, प्रशासनिक सुधार र शैक्षिक गुणस्तर वृद्धिका विषय समेटिएको पाँच हजार शब्दको रणनीतिक दृष्टिपत्र (भिजन पेपर) र कार्ययोजना (एक्सन प्लान) बुझाउनुपर्ने छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad