अमेरिका र इरानबिच अर्को हप्ता पाकिस्तानको राजधानी इस्लामाबादमा पुनः वार्ता हुने सम्भावना देखिएको छ।
इस्लामाबादमै गरिएको पहिलो चरणको वार्ता असफल भएपछि दुई देशबिच दोस्रो वार्ता गर्ने तयारी भइरहेको हो।
वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार, दुई देशले मध्यस्थकर्तामार्फत सम्झौताको मस्यौदामा काम गरिरहेका छन्, जसले एक महिनासम्म चल्ने औपचारिक वार्ताका लागि मार्गप्रशस्त गर्न सक्छ।
रिपोर्टमा भनिएको छ, ‘अमेरिकाले प्रस्ताव गरेको १४ बुँदे मस्यौदामा इरानको आणविक कार्यक्रम, होर्मुज स्ट्रेटमा तनाव कम गर्ने र इरानको समृद्ध युरेनियम भण्डार अर्को देशमा स्थानान्तरण गर्नेजस्ता मुद्दा समावेश छन्।’
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट चाँडै प्रतिक्रियाको अपेक्षा गरेका छन्।
उनले भनेका छन्, ‘यदि वार्तामा प्रगति भयो भने युद्धविराम लम्ब्याउन सकिन्छ।’
यसैबिच अल जजिराको रिपोर्टअनुसार, इरानले भने आफ्नो आणविक कार्यक्रम वा अत्यधिक समृद्ध युरेनियमका विषयमा कुनै सम्झौता नगर्ने बताएको छ।
Shares

प्रतिक्रिया