झापाको गौरादह नगरपालिका-५ स्थित स्कुलचन बजारमा आज (शनिबार) बस र टिपर ठोकिँदा १० जना घाइते घाइते भएका छन्।
बिहान ११ बजेतिर दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे.१ ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ जाँदै गरेको प्र.न.२-०३-००१ ख ७१५३ नम्बरको टिपर एकआपसमा ठक्कर खाँदा १० जना घाइते भएका हुन्।
दुर्घटनामा बस चालक कृष्ण प्रसाद राजवंशीसहित यात्रुहरू योगमाया निरौला, कल्पना प्रसाद उराउ, शारदा देवी पौडेल, सलिना खत्री, ६ वर्षीया बालिका संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सिर्जना पराजुली र किस्मत खड्का घाइते भएका हुन्।
घाइतेमध्ये योगमाया निरौलालाई थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको छ भने अन्य घाइतेहरूको उपचार गौरादह नगर अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था मध्यम छ भने बाँकी सबैको अवस्था सामान्य छ।
टिपर चालक र दुर्घटना भएका दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Shares

प्रतिक्रिया