इरान र अमेरिकाबिच दोस्रो चरणको वार्ता सुरु भएको छ।
वार्ता पाकिस्तानको राजधानी इस्लामाबादमा भइरहेको हो।
बीबीसी उर्दुका अनुसार वार्ता इस्लामाबादको सेरेना होटलमा आयोजना गरिएको छ।
जहाँ पहिलो चरणको वार्ता दुई घण्टासम्म चल्यो। वार्तामा इरानले लेबननमा इजरायलको आक्रमण तत्काल रोक्न माग गरेको छ।
गत मंगलबार राति २ साताका लागि युद्धविराम गरेका अमेरिका र इरान स्थायी शान्तिका लागि आज थप वार्तामा जुटेका हुन्।
453
Shares

प्रतिक्रिया