पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बुधबार इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग फोनमा कुरा गरेका छन्।
प्रधानमन्त्री सरिफले एक्स पोस्टमार्फत युद्धविराम र आगामी वार्ताका विषयमा इरानका राष्ट्रपतिसँग फोनमा कुरा गरेको जानकारी दिएका हुन्।
‘आज दिउँसो मैले इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग आत्मीय र उपलब्धिपूर्ण कुराकानी गरेँ’, उनले एक्समा लेखेका छन्, ‘यस हप्ताको अन्त्यमा इस्लामाबादमा शान्ति वार्ता आयोजना गर्ने पाकिस्तानको प्रस्तावलाई स्वीकार गर्ने इरानी नेतृत्वको बुद्धिमत्ता र दूरदर्शिताको मैले प्रशंसा गरेँ।’
प्रधानमन्त्री सहबाजले अगाडि लेखेका छन्, ‘राष्ट्रपति पेजेस्कियानले आगामी वार्तामा इरान सहभागी हुने कुरा पुष्टि गरे र पाकिस्तानको प्रयासप्रति कृतज्ञता व्यक्त गर्दै पाकिस्तानी नागरिकलाई शुभकामना पनि दिए।’
Shares

प्रतिक्रिया