ग्लोबल


ट्रम्पको दाबी: इरानमा भएको विरोध प्रदर्शनमा ३२ हजार मानिस मारिए

‘सैन्य हमला गर्ने विचार गरिरहेको छु’
ट्रम्पको दाबी: इरानमा भएको विरोध प्रदर्शनमा ३२ हजार मानिस मारिए

नेपालखबर
फागुन ९, २०८२ शनिबार ९:४८, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जनवरीमा भएको विरोध प्रदर्शनमा ३२ हजार मानिस मारिएको दाबी गरेका छन्। 

इरानमा भएको विरोध प्रदर्शनबाट मृत्यु भएकाको संख्याबारे ट्रम्पले शुक्रबार पहिलोपटक टिप्पणी गरेका हुन्।

ह्वाइट हाउसमा पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै उनले भने, "उनीहरूले निष्पक्ष सम्झौतामा पुग्नुपर्छ। इरानी जनता आफ्ना नेताभन्दा धेरै फरक छन् र यो धेरै दुःखद अवस्था हो। छोटो समयमा त्यहाँ ३२,००० जना मारिए।’

उनले थपे, ‘उनीहरूले ८३७ जनालाई मृत्युदण्ड दिन लागेका थिए। तर मैले सन्देश पठाउँदै भनेँ- एक जनालाई पनि मृत्युदण्ड दिइयो भने तुरुन्तै आक्रमण गरिनेछ। अनि उनीहरूले मृत्युदण्ड रोके।’

बीबीसीका अनुसार अमेरिकाका राष्ट्रपति ट्रम्पलाई इरानमा आक्रमण गर्ने तयारी भइरहेको हो भनेर पनि सोधिएको थियो।

जवाफमा उनले भने, ‘इरानमा सीमित सैन्य हमला गर्ने विचार गरिरहेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad