ग्लोबल


जेलेन्स्कीको टिप्पणी: पुटिन सामान्य मानिस होइनन्, उनी सडकमा हिँड्दैनन्

जेलेन्स्कीको टिप्पणी: पुटिन सामान्य मानिस होइनन्, उनी सडकमा हिँड्दैनन्

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की


नेपालखबर
फागुन ३, २०८२ आइतबार १४:८, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्धको दास’ भनेका छन्।

जर्मनीमा म्युनिख सुरक्षा सम्मेलनमा क्रममा जेलेन्स्कीले पुटिनविरुद्ध आक्रोश व्यक्त गरेका हुन्।

उनले भने, ‘पुटिन शक्तिबिना बाँच्न सक्दैनन् र उनको पूर्ण ध्यान हाल युक्रेनमा छ।’

जेलेन्स्कीले थपे, ‘पुटिन सामान्य व्यक्तिजस्तो बाँच्दैनन्, उनी सडकमा हिँड्दैनन्, तपाईं उनलाई क्याफेमा देख्नुहुने छैन...।’

उनले पुटिन शक्तिबिना बाँच्ने कल्पना पनि गर्न नसक्ने टिप्पणी गर्दै उनलाई सामान्य कुरामा रुचि नै नरहेको कटाक्ष गरे। 

उनले भने, ‘पुटिन युद्धको विचार त्याग्न सक्दैनन्। भलै उनी आफूलाई सम्राट सम्झिन्छन्। तर वास्तवमा उनी युद्धका दास हुन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad