खेल


वेस्ट इन्डिज सुपर ८ पुग्ने पहिलो टोली, बाहिरिनेमा नेपाल दोस्रो

वेस्ट इन्डिज सुपर ८ पुग्ने पहिलो टोली, बाहिरिनेमा नेपाल दोस्रो

नेपाली राष्ट्रिय क्रिकेट टोली सुपर ८ दौडबाट बाहिरिएको छ (सरोज नेपाल)


लक्ष्मी जि.सी
फागुन ३, २०८२ आइतबार १४:२१, वानखेडे स्टेडियम (मुम्बई)

भारत र श्रीलंकामा जारी आइसीसी टी–२० विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली सुपर ८ दौडबाट बाहिरिएको छ।

आइतबार भएको समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाल सुपर ८ दौडबाट बाहिरिएको हो। जारी विश्वकपमा सुपर ८ दौडबाट बाहिरिने नेपाल दोस्रो टोली बनेको छ। नेपाल समूह सीमा रहेको छ। 

यसअघि समूह बी बाट ओमान सुपर ८ दौडबाट बाहिरिसकेको छ। 

नेपाललाई हराएपछि वेस्ट इन्डिज भने एक खेल अगावै सुपर ८ मा पुगेको छ। जारी विश्वकपमा सुपर ८ मा पुग्ने वेस्ट इन्डिज पहिलो टोली बनेको छ। 

समूह सी मा रहेको वेस्ट इन्डिज तीन खेलमा अपराजित रहेर ६ अंकमा तालिकाको शीर्ष स्थानमा रहँदै सुपर ८ मा पुगेको हो। समूह बी बाट अब इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली सुपर ८ को दौडमा छन्। 

नेपालले दिएको १ सय १ सय ३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। 

वेस्ट इन्डिजका ओपनर ब्राण्डोन किंग २२ रनमा नन्दन यादवको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। कप्तान साइ होप ६१ र सिमरोन हेटमायर ४६ रनमा अविजित रहे। 

त्यसअघि मुम्बइको वानखेडे स्टेडियममा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोे नेपाल निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रनको योगफल तयार पारेको थियो। 

सातौ विकेटका लागि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरिले ५४ रनको साझेदारी गरेपछि नेपाली टोली सम्हालिएको थियो।

दीपेन्द्रले बनाएको ५८ रन नै नेपाली टोलीका लागि सर्वाधिक रह्यो। ४७ बलमा ३ चौका र ३ छक्का सहयोगमा ५८ रन बनाएका दीपेन्द्र जेसन होल्डरको बलमा क्याच आउट हुन पुगे। दीपेन्द्रले ४४ बलमा ३ चौका २ छक्का सहयोगमा अर्धशतक सहयोगमा अर्धशतक पूरा गरे। नेपाली टोलीका लागि दीपेन्द्रको यो ११ औँ अर्धशतक हो। जारी विश्वकपमा नेपाली खेलाडीको यो पहिलो अर्धशतक हो। 

समग्रमा नेपालका लागि यो विश्वकपमा हानेको दोस्रो अर्धशतक हो। यसअघि नेपालले सन् २०१४ मा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक हानेका थिए। 

सोमपाल कामी २६ रनमा अविजित रहे। उनले उनले १५ बलमा ४ चौका हाने। 

१५ ओभरमा ६–७३ को अवस्थामा रहेको नेपालका लागि दीपेन्द्र सिंह ऐरि र सोमपाल कामीले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। 
नेपालले १७.४ ओभरमा ६ विकेट गुमाउँदा १ सय रन पूरा गरेको थियो। 

शीर्षक्रमका ब्याटरले वेस्ट इन्डिजविरुद्ध गैर जिम्मेवारी ब्याटिङ गरेपछि नेपाली ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। नेपाल ४.१ ओभरमा ३–१७ को अवस्थामा थियो। पावर प्लेमा नेपालले ३ विकेटको क्षतिमा २२ रन बनाएको थियो।

लोकेश बम १५ बलमा २ चौका सहयोगमा १३ रनबनाउँदा क्याच आउट भए। गुल्सन झा ११ रन बनाउँला रोष्टन चेसको बलमा बोल्ड भए।आरिफ शेख ८ बलमा २ रन बनाउँदा जेसन होल्डरको बलमा क्याच आउट भए। 

ओपनर कुशल भुर्तेल ३ बलमा १ रन बनाउँदा अकिल होसैनको बलमा बोल्ड आउट भए। आशिफ शेख १० बलमा २ चौका सहयोगमा ११ रन बनाउँदा जेसन होल्डरको बलमा क्याच आउट भए। कप्तान रोहित पौडेल ७ बलमा १ चौका सहयोगमा ५ रन बनाउँदा म्याथु फोर्डको बलमा एलबीडब्लु धरापमा परे। करण केसी १ रनमा आउट भए। 
वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए। अकिल होसेन, म्याथु फोर्ड, समर जोसेप र रोष्टन चेसले समान एक विकेट आफ्नो नाममा लिए। 
नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार स्कटल्यान्डविरुद्ध खेल्नेछ। सो खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad