ग्लोबल


ट्रम्पको दाबी: इरान अमेरिकासँग सम्झौता गर्न चाहन्छ

ट्रम्पको दाबी: इरान अमेरिकासँग सम्झौता गर्न चाहन्छ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले


नेपालखबर
माघ १७, २०८२ शनिबार १०:६, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सैन्य आक्रमण भोग्नुको सट्टा सम्झौता गर्न चाहने दाबी गरेका छन्।

शुक्रबार ह्वाइट हाउसका पत्रकारहरूले ट्रम्पलाई खाडीमा अमेरिकी सैन्य बलको तैनाथीबारे सोधेका थिए।

जवाफमा उनले भने, ‘म यो भन्न सक्छु: ऊ (इरान) सम्झौता गर्न चाहन्छ।’

इरानलाई सम्झौताका लागि समयसीमा दिनुभएको छ त भनी सोध्दा ट्रम्पले भने, "पक्कै पनि। तर यो उनीहरू (इरान) लाई मात्र थाहा छ।’

ट्रम्पले थपे, ‘आशा छ- हामी सम्झौता गर्नेछौँ। सम्झौता गर्नु राम्रो हुनेछ। हामीले सम्झौता गरेनौँ भने के हुन्छ, हेर्ने छौँ।’

उता इरानका विदेशमन्त्री अब्बास अराघ्चीले भने इरानको क्षेप्यास्त्र र प्रतिरक्षा प्रणालीमा ‘कहिल्यै’ कुनै वार्ता नहुने बताएका छन्।

शुक्रबार उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र विदेशमन्त्री हकान फिदानसँग भेट गरेका थिए।

टर्कीका विदेशमन्त्रीसँगको पत्रकार सम्मेलनमा उनले इरानलाई सम्झौतामा पुग्न कुनै समस्या नभएको तर धम्कीका आधारमा हुन नसक्ने बताए।

उनले इरान निष्पक्ष र न्यायपूर्ण वार्ताका लागि तयार रहेको पनि बताए।

यसअघि भने अमेरिका र इरानले एकअर्काविरुद्ध हमलाको चेतावनी दिइरहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad