बिहार विधानसभा चुनावमा दुईतिहाइ बहुमत हासिल गरेको एनडीएको विधायक दल नेतामा बुधबार नितिश कुमार चुनिएका छन्।
योसँगै उनी फेरि बिहारको मुख्यमन्त्री बन्ने निश्चित भएको छ। यसअघि पनि उनी मुख्यमन्त्री नै थिए।
जेडीयू नेता उमेश सिंह कुशवाहाले भने, ‘मुख्यमन्त्री नितिश कुमारलाई एनडीएको नेतामा सर्वसम्मतिले चयन गरिएको छ।’
बैठकपछि बिहार भाजपा अध्यक्ष दिलीप जयसवालले अब राजभवन गएर नयाँ सरकार गठनका दाबी पेस गरिने बताएका छन्।
अहिले गर्दा नितिश कुमार १०औँ पटक बिहारको मुख्यमन्त्री बन्दै छन्।
हालै भएको बिहार विधानसभा चुनावमा कुल २४३ सिटमध्ये भाजपा सम्मिलित एनडीएले २०२ सिट जितेको छ।
महागठबन्धनले केवल ३५ सिट जितेको छ।
बिहारमा एनडीएका घटक दलहरू भारतीय जनता पार्टी, जनता दल (युनाइटेड), लोक जनशक्ति पार्टी (रामविलास), हिन्दुस्तानी अवाम मोर्चा (धर्मनिरपेक्ष) र राष्ट्रिय लोक मोर्चा हुन्।
Shares

प्रतिक्रिया