बंगलादेशको राजधानी ढाकाको गुलिस्तानमा बिहीबार पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीको केन्द्रीय कार्यालयमा आगजनी गरिएको छ।
स्थानीय प्रहरी चौकीका ड्युटी अफिसर एसआई निसातले बीबीसी न्युज बंगलासँग घटनाको पुष्टि गरेका छन्।
बंगलादेश अवामी लिगले सामाजिक सञ्जालमा लेखेको छ, 'यो युनुस र उनका सहयोगीहरूले प्रचार गरिरहेको लोकतान्त्रिक सुधार हो, जहाँ सबैभन्दा ठूलो र सबैभन्दा प्रभावशाली राजनीतिक दल अन्तरिम सरकार र यसका सहयोगीहरूबाट निरन्तर आक्रमणमा छ।'
गत वर्षको जुलाई विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा पूर्वप्रधानमन्त्री हसिना र अन्य तीनजनाविरुद्ध दायर मुद्दाको फैसला यही नोभेम्बर १७ मा हुँदै छ।
यो समाचारपछि अवामी लिगको कार्यालयमा आगजनी गरिएको हो।
बंगलादेश इस्लामी छात्र शिविर र राष्ट्रिय नागरिक पार्टीका प्रदर्शनकारीहरूले अवामी लिग कार्यालयबाहिर प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले भवनभित्र फर्निचर जम्मा गरे र आगो लगाए। उनीहरूले कार्यालय बाहिर राखिएका मूर्तिहरू पनि तोडफोड गरे।
स्थानीय समयअनुसार बिहीबार दिउँसो १२:१५ बजेतिर प्रदर्शनकारीहरूले छात्र लिगका सदस्य भएको आशंकामा दुई जनालाई प्रहरीको जिम्मा लगाए। एसआई निसातले यस विषयमा अनुसन्धान भइरहेको बताए।
Shibir-NCP men vandalize Awami League's office in Gulistan, Dhaka
— Bangladesh Awami League (@albd1971) November 13, 2025
---
Bangladesh Awami League’s central office at 23 Bangabandhu Avenue was vandalized today by a mob of @info_shibir, @NCP_bd25, and Inqilab Manch leaders. Witnesses say the attack began around noon after hours of… pic.twitter.com/3AvYOaeXb1
Shares

प्रतिक्रिया