भारतका विदेशमन्त्री डा. एस जयशंकरले रुसमा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन्।
विदेशमन्त्री एस जयशंकरले रुसका विदेशमन्त्रीसँग द्विपक्षीय सम्बन्धबारे विस्तृत छलफल भएको बताएका छन्।
यसमा व्यापार, लगानी, ऊर्जा, मल, स्वास्थ्य, सीप र गतिशीलता, रक्षाजस्ता विषय रहेको उनले उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘हामीले युक्रेन, युरोप, इरान, पश्चिम एसिया, अफगानिस्तान र भारतीय उपमहाद्वीपमा हाम्रा विचार साझा गरेका छौँ। हामीले यूनएन, जी२०, एससीओ र ब्रिक्समा पनि सहयोबारे पनि छलफल गरेका छौँ।’
रुसबाट तेल खरिदबारे
परराष्ट्रमन्त्री एस जयशंकरले भनेका छन्, ‘हामी रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता होइनौँ, यो चीन हो। न त हामी रुसी एलएनजीको सबैभन्दा ठूलो खरिदकर्ता हौँ, म निश्चित रूपमा भन्न सक्दिनँ तर सायद यो युरोपेली संघ हो।’
उनले अगाडि भनेका छन्, ‘हामी त्यो देश हौँ जसलाई अमेरिकाले विगत केही वर्षमा अन्तर्राष्ट्रिय ऊर्जा बजारलाई स्थिर बनाउन हरसम्भव प्रयास गर्नुपर्छ भनेर भनेको छ, जसमा रुसबाट तेल खरिद गर्ने कुरा पनि छ। संयोगवश, हामी अमेरिकाबाट पनि तेल किन्छौँ र यो मात्रा पहिलेभन्दा बढेको छ।’
Shares

प्रतिक्रिया