ग्लोबल


इमरान खानको पार्टीका १०८ सदस्यलाई सुनाइयो जेल सजाय

इमरान खानको पार्टीका १०८ सदस्यलाई सुनाइयो जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको फाइल तस्बिर


नेपालखबर
साउन १६, २०८२ शुक्रबार १३:२२, काठमाडौँ

पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ सदस्यलाई जेल सजाय सुनाएको छ।

सजाय सुनाइएकाहरूले सन् २०२३ मा सेना विरुद्धको विरोध प्रदर्शनमा भाग लिएको कसुर छ। 

मे २०२३ मा सुरक्षा बलले भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेपछि देशभर हिंसात्मक विरोध प्रदर्शन सुरु भएको थियो। 

बिहीबारको निर्णयलाई इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) का लागि ठूलो धक्का मानिएको छ।

सजाय सुनाइएकाहरूमा पाकिस्तानको राष्ट्रिय सभामा विपक्षी दलका नेता ओमर अयुब खान पनि छन्, जसलाई १० वर्षको जेल सजाय सुनाइएको छ। 

फैसलाबादको आइएसआई भवनमा भएको आक्रमणसम्बन्धी मुद्दामा अदालतले बिहीबार १८५ अभियुक्तमध्ये १०८ जनालाई दोषी ठहर गरेको हो। बाँकी ७७ जनालाई भने सफाइ दिएको छ।

यस मुद्दामा ५८ जनालाई १०-१० वर्षको जेल सजाय सुनाइएको छ। 

विपक्षी नेताहरूले आतंकवादविरोधी अदालतको निर्णयको निन्दा गरेका छन्। यस निर्णयमा पीटीआईका ६ सांसदलाई पनि अयोग्य घोषणा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad