ग्लोबल


बिहारको मतदाता सूचीमा नेपालीहरू!

बिहारको मतदाता सूचीमा नेपालीहरू!

नेपालखबर
असार २९, २०८२ आइतबार १४:४, काठमाडौँ

भारतीय राज्य बिहारको मतदाता सूचीमा नेपाली नागरिकको नाम पनि पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

यस वर्ष बिहारमा विधानसभा चुनाव हुँदै छ। त्यसअघि भारतको निर्वाचन आयोगले मतदाता सूचीको प्रमाणीकरण गरिरहेको हो। 

यस क्रममा बंगलादेश र म्यानमारसँगै नेपालका मानिस पनि ठूलो संख्यामा फेला परेको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार अगस्ट १ पछि त्यस्ता व्यक्तिहरूको उचित प्रमाणीकरण गरेपछि सेप्टेम्बर ३० मा प्रकाशन हुने अन्तिम मतदाता सूचीमा अवैध आप्रवासीको नाम समावेश गरिने छैन।

अहिले बुथ लेभल अफिसर (बीएलओ) घर-घर पुगेर गणना र सर्वेक्षण गरिरहेका छन्।

बिहार विधान सभाको कार्यकाल २०२५ नोभेम्बर २२ मा समाप्त हुँदै छ।

भारतीय निर्वाचन आयोग (ईसीआई) ले यो मितिअघि नै निर्वाचन प्रक्रिया पूरा गर्नुपर्नेछ।

चुनाव अक्टोबर वा नोभेम्बर २०२५ मा हुने सम्भावना छ।

चुनाव दुई वा तीन चरणमा सम्पन्न हुन सक्छ।

अहिलेसम्म निर्वाचन आयोगले आधिकारिक रूपमा मिति घोषणा गरेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad