ad ad

ग्लोबल


बेलायतमा आज निर्वाचन, नयाँ प्रधानमन्त्री सुनक कि स्टारमर?

बेलायतमा आज निर्वाचन, नयाँ प्रधानमन्त्री सुनक कि स्टारमर?

नेपालखबर
असार २०, २०८१ बिहिबार १३:४१, काठमाडौँ

संयुक्त अधिराज्य (बेलायत) को ऐतिहासिक आकस्मिक आम निर्वाचनअन्तर्गत बिहीबार मतदान भइरहेको छ।

बीबीसीका अनुसार बेलायतमा सन् १९४५ पछि पहिलोपटक आज  (जुलाई ४ मा) भएको चुनावअन्तर्गत स्थानीय समय बिहान ७ बजे सुरु मतदान राति १० बजेसम्म जारी रहनेछ।

सबै प्रमुख दलहरूको ६ हप्ताको अभियानपछि भएको मतदान सकिएपछि बेलायतले अर्को प्रधानमन्त्री प्राप्त गर्नेछ।

निर्वाचनमा मुख्य प्रतिस्पर्धा वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र प्रमुख विपक्षी नेता केयर स्टारमरको लेबर पार्टीबीच हुने अनुमान गरिएको छ।

इङ्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डका कूल ६ सय ५० निर्वाचन क्षेत्रमा मतदान गरिनेछ। कूल ६ सय ५० संसदीय सिटमध्ये ३२६ सिट प्राप्त गर्ने कुनै पनि पार्टीको नेता देशको प्रधानमन्त्री बन्नेछ।

बेलायतको सार्वजनिक सेवाको स्थिति, जीवनयापनको लागत, कर, आप्रवासन र अर्थतन्त्र निर्वाचनको प्रमुख विषय रहेको सीएनएनले जनाएको छ।

यो निर्वाचनमा अर्थव्यवस्था, कर र आप्रवासनजस्ता मुद्दाले वर्तमान प्रधानमन्त्री ऋषिसुनकलगायत दाबेदारहरूका लागि कसरी लहर बदल्छ भन्ने कुरा हेर्न महत्त्वपूर्ण छ।

बेलायतको युरोपेली संघसँगको सम्बन्धका विषय भने निर्वाचनमा धेरै हदसम्म बेवास्ता गरिएको छ।

यस वर्षको मे महिनाको अन्त्यमा प्रधानमन्त्री  सुनकले आकस्मिक चुनावको आह्वान गरेका थिए।

उनको पार्टीमा केही नेता समेतले यो निर्णयप्रति आश्चर्य जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .