ad ad

ग्लोबल


फ्रान्समा संसदीय निर्वाचनः दक्षिणपन्थी पार्टी अगाडि, राष्ट्रपति म्याक्रोन परे पछाडि

फ्रान्समा संसदीय निर्वाचनः दक्षिणपन्थी पार्टी अगाडि, राष्ट्रपति म्याक्रोन परे पछाडि

नेपालखबर
असार १७, २०८१ सोमबार ७:४९, काठमाडौँ

फ्रान्सेली संसदीय निर्वाचनअन्तर्गत पहिलो चरणको मतदानमा अति दक्षिणपन्थी पार्टी नेसनल र्‍यालीले अग्रता लिएको छ।

जसले फ्रान्सेली राजनीतिमा आफ्नो प्रभुत्व बलियो बनाएको छ र सत्ताको नजिक ल्याएको बीबीसीले उल्लेख गरेको छ।

आप्रवासी विरोधी नेसनल र्‍यालीका नेता मारिन ले पेनले ‘म्याक्रोन समूह बढारिएको’ भनी कार्यकर्ताहरू खुसी भएको बताएका छन्।

नेसनल र्‍याली ३३.२ प्रतिशत मतका साथ जितउन्मुख भएको छ भने सम्पूर्ण वामपन्थी गठबन्धन २८.१ प्रतिशत भोटका साथ पछि परेको छ र म्याक्रोन गुटलाई २१ प्रतिशत मत प्राप्त भएको छ। 

नेसनल र्‍यालीका नेता २८ वर्षीय जोर्डन बर्डेलाले भने, ‘यदि फ्रान्सेली जनताले मलाई भोट दिए भने म उनीहरूको प्रधानमन्त्री बन्न चाहन्छु।’

यसअघि फ्रान्सको नेसनल चुनावको पहिलो चरणमा अति दक्षिणपन्थी पार्टीले जित हासिल गरेको थिएन। मारिन ले पेन र जोर्डन बर्डेला फ्रान्सको ५७७ सिट भएको नेसनल सभामा २८९ सिटसहित बहुमत ल्याउन चाहन्छन्।

तर दोस्रो चरणको मतदानपछि नेसनल र्‍यालीको सपना साकार हुने देखिँदैन।

फ्रान्समा कसैको बहुमत नभई त्रिशंकु नजिता आउनेछ र नेसनल र्‍याली कर कटौती, आप्रवासन र कानुन र व्यवस्थामा आफ्नो एजेन्डा पूरा गर्न सक्षम हुनेछैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .