ad ad

समाज


होटल सञ्चालक महिलाको कुटाइबाट पुरुष ग्राहकको मृत्यु

होटल सञ्चालक महिलाको कुटाइबाट पुरुष ग्राहकको मृत्यु

नेपालखबर
असार १७, २०८१ सोमबार ७:५७, काठमाडौँ

मोरङकाे विराटनगरमा होटल (खाजाघर) सञ्चालन गर्दै आएकी एक महिलाको कुटपिटबाट पुरुषको मृत्यु भएको छ। पुरुषको मृत्यपछि ती महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

ग्राहकको हत्या आरोपमा विराटनगर- १९ बैजनाथपुरमा होटल सञ्चालन गर्दै आएकी ३५ वर्षीया तालीदेवी ऋषिदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। 

कुटपिटबाट मृत्यु हुनेमा स्थानीय ५० वर्षीय वीरबल गोसाईं रहेका छन्। 

‘उनी सँधै त्यो खाजाघरमा मदिरा खानको लागि जाने रहेछन्,’ डीएसपी बस्नेतले नेपालखबरसँग भने, ‘शनिबार दिउँसो र साँझ पनि उनी त्यहाँ जाँदा उनीमाथि कुटपिट भएको खुल्न आएको छ। हामी थप अनुसन्धानको क्रममा छौँ।’

बस्नेतका अनुसार शनिबार दिउँसो गोसाइँ होटलमा जाँदा उनीमाथि कुटपिट भएको थियो। 

‘गोसाइँले आफूलाई होलटमा कुटिएको गुनासो घरमा गएर छोरीसँग गरेका रहेछन्,’ डीएसपी बस्नेतले भने, ‘साँझ फेरि उनी सोही होटलमा जाँदा थप कुटपिट भएको खुलेको छ।’

तर, पक्राउ परेकी महिलाले भने आफूले कुटपिट नगरेको दाबी गरेकी छन्। ‘सधैँ मदिरा खान आउँदा दुःख दिने गरेकाले त्यो दिन ‘यहाँबाट गइहाल’ भनेर धकेल्दा गोसाइँ लडेको दाबी उनले गरेकी छन्,’ डीएसपी बस्नेतले भने। 

प्रहरी अनुसन्धानका क्रमममा होटलमा कुटपिट भइ बाहिर आएपछि गोसाइँ रातभर नजिकैको सडकमै सुतेको पाइएको छ। 

आइतबार दिउँसो उपचारको लागि आफन्तले उनलाई स्थानीय अस्पतालमा लगेका थिए। उपचारकै क्रममा उनको आइतबार दिउँसो कोसी अस्पतालमा मृत्यु भएको डीएसपी बस्नेतले बताए। 

कुटपिट भए पनि मृतकको शरीरमा ठूलो घाउचोट भने नभएको उनले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .