ad ad

ग्लोबल


चीन आइपुगे पुटिन, सीसँग भेटवार्ता गर्ने

युक्रेनी राष्ट्रपतिले रोके विदेश यात्रा, पश्चिमा मुलुक त्रासमा
चीन आइपुगे पुटिन, सीसँग भेटवार्ता गर्ने

चीन भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन


नेपालखबर
जेठ ३, २०८१ बिहिबार १०:३३, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा रुस र चीनको एउटै अडान रहेको बताएका छन्।

चीनको सरकारी समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा पुटिनले यस्तो बताएका हुन्।

पुटिनले भनेका छन्, ‘दुवै देश अन्तर्राष्ट्रिय कानुन, समानता र सुरक्षाको सही प्रयोगको वकालत गर्छन्।’

उनले अगाडि भनेका छन्, ‘हामी झुटका आधारमा प्रतिबन्ध लगाउने पश्चिमी देशहरूको प्रयासको विरोध गर्छौं। त्यहाँ केही नियम छन्, जसको बारेमा कसैलाई थाहा छैन।’ 

पुटिनको चीन भ्रमणका बीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सबै विदेश यात्रा स्थगन गरेका छन्।

जेलेन्स्की यस हप्ता पोर्चुगल र स्पेन भ्रमण गर्ने तयारीमा थिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि चीन पुगेका छन्।

दुई दिने भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्नेछन्।

पुटिन र सी चिनफिङबीच हुने भेटवार्तालाई पश्चिमा राष्ट्रहरूले नियालिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .