ad ad

ग्लोबल


इजरायलले गाजामा ‘नरसंहार’ गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर

इजरायलले गाजामा ‘नरसंहार’ गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर

नेपालखबर
पुस १४, २०८० शनिबार १०:५८, काठमाडौँ

दक्षिण अफ्रिकाले इजरायलले गाजामा नरसंहार गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा मुद्दा दायर गरेको छ।

बीबीसीका अनुसार आईसीजेले ‘जेनोसाइड कन्भेन्सन’अन्तर्गत इजरायलको दायित्व उल्लंघनसँग सम्बन्धित मुद्दा दायर गरेको पुष्टि गरेको छ।

तर, इजरायलले यो आरोपलाई ‘निराधार’ भन्दै कडाइका साथ अस्वीकार गरेको छ।

इजरायली विदेश मन्त्रालयले दक्षिण अफ्रिकाले लगाएको यो आरोपलाई इजरायलले अस्वीकार गरेको जनाएको छ।

नेदरल्यान्ड्‌सको द हेगमा रहेको आईसीजे संयुक्त राष्ट्र संघको प्रमुख कानुनी निकाय हो। यसले विभिन्न देशबीचका विवाद समाधान गर्दछ र अन्तर्राष्ट्रिय कानुनी मुद्दामा सल्लाह दिन्छ।

आईसीजेमा मुद्दा दायर गरेपछि दक्षिण अफ्रिकाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी नरसंहार हुनबाट रोक्न बाध्य छौँ।’

इजरायलले अगाडि भनेको छ, ‘गाजापट्टीमा इजरायलले गरेको आक्रमण र त्यहाँबाट लखेटिएका नागरिकहरूको दुर्दशा देखेर दक्षिण अफ्रिका अत्यन्त चिन्तित छ।’

साथै त्यहाँ (गाजामा) मानवताविरुद्धका अपराध र नरसंहार भइरहेका रिपोर्ट प्राप्त भइरहेको दाबी दक्षिण अफ्रिकाले गरेको छ। 

विज्ञप्तिमा उसले भनेको छ, ‘त्यहाँ मानवताविरुद्धका अपराध र युद्ध अपराधजस्ता अन्तर्राष्ट्रिय अपराधका साथै नरसंहार वा यस्तै अपराधका रिपोर्टहरू आइरहेका छन्।’

आफ्नो आवेदनमा दक्षिण अफ्रिकाले आईसीजेलाई अर्को हप्ता मुद्दाको सुनुवाइ गर्न माग गरेको छ। 

उता इजरायली विदेश मन्त्रालयका प्रवक्ता लियोर हयातले भने दक्षिण अफ्रिकाको दाबीलाई ‘अदालतको घृणित र अपमानजनक शोषण’ भनी टिप्पणी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .